महामारीमा मुख स्वास्थ्यकाे ख्याल कसरी गर्ने?

देशसञ्चार

काठमाडौँ

 प्रतिभा चन्द

कोभिड–१९ को महामारीका बेला सबै भन्दा जोखिममा मुख स्वास्थ्य क्षेत्र रह्यो। अन्य रोग सम्बन्धी काम गरिरहेका विशेषज्ञ चिकित्सकलाई भन्दा दन्त चिकित्सकलाई कोरोना भाइरस संक्रमणको डर धेरै थियो। किनकी उनीहरु सिधै मुख स्वास्थ्यसँग जोडिएर काम गर्छन्।मास्क खोलेर बिरामीको जाँच गर्छन्।

हुन त उनीहरुले सुरक्षा सतर्कता अपनाएर काम गरिरहेका हुन्छन्। तर पनि यस्तो महामारीमा मात्रै नभएर अन्य विभिन्न संक्रामक रोगको चपेटामा पर्ने गरेका छन्।

विभिन्न रोगसँग जोडिएको यही मुख स्वास्थ्य ओझेलमा परेको छ। महामारीका बेला कसरी काम गर्ने? संक्रमित बिरामी उपचारका लागि अस्पताल पुगे कसरी सेवा दिने? मुख स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने बारेमा ओम समाज डेण्टल अस्पतालका संस्थापक अध्यक्ष डा. सुवास घिमिरेसँग कुराकानी गरिएको छ।

कोरोना भाइरस संक्रमणका बेला मुख स्वास्थ्यसँग जोडिएर काम गर्न कतिको गाह्रो रहेछ?

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष हुन लाग्यो। सुरुवातको अवस्थामा नेपालमा लकडाउन भयो। त्यो बेला कोरोना भाइरस संक्रमित कम भेटिएका थिए। तर डरको तह एकदमै धेरै थियो। मानिसहरु असाध्यै डराइरहेका थिए।

बिरामी देखेर चिकित्सक समेत भाग्ने अवस्था थियो।

हामीले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै भनेका थियौँ ‘चिकित्सक भएर कुनै पनि रोगको उपचारदेखि भाग्नु हुँदैन। हामी भनेका समाजका उपज हौँ। हामीलाई समाजले नै डाक्टर बनाएको हो। समाजमा समस्या आइपर्दा मुख मोड्नु हुँदैन।’

एउटा चिकित्सकको हैसियतले भन्नु पर्दा उसको दायित्व भनेकै समाज र बिरामीलाई बचाउनु हो।

तपाईँहरु मुखसँग सिधै जोडिएर काम गर्ने भएकाले संक्रमित हुने सम्भावना बढि हुन्छ होला नि?

भाइरस कुनै माध्यम बिना सर्दैन। मुख स्वास्थ्य अत्यन्तै जोखिमको क्षेत्र हो। हाम्रो मुखबाट निस्किने ड्रपलेट अर्थात थुकका साना–साना थोपाहरुबाट नै भाइरस सर्ने हो। नत्र छोएर मात्रै सर्दैन। ड्रपलेटकै माध्यमबाटै सर्ने हो भन्ने कुरा हामीले विभिन्न खोजहरुमा माध्यमबाट पत्ता लगायौँ।

हामी उपचार गर्नबाट पछाडि हट्नु हुँदैन, भाग्नु हुँदैन भन्ने भयो। हामीले उपचार दिन आवश्यक थियो, र छ पनि। त्यसका लागि सवधानी अपनाउन आवश्यक थियो। चिकित्सकले पनि र बिरामीले पनि। कोभिड–१९ को एउटा लक्षण छ, जस्तो कि ८०% मानिसहरुलाई लक्षण नै देखिदैन, २०% मानिसलाई मात्रै लक्षण देखिन्छ।

प्रकाशित मिति: : 2021-01-03 11:54:00

प्रतिकृया दिनुहोस्