प्रधानमन्त्री र नेतृत्वलाई खुल्याउ तीन सय १५ वटा बैठक बसेछन्: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वलाई खुल्याउने काम विगतमा भएको पनि भएको बताएका छन्।

काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले तीन सय १५ वटा बैठक गरेको दाबी गरेका हुन्।

‘प्रधानमन्त्री र नेतृत्वलाई खुल्याउने?’ उनले प्रश्न गरे, ‘खुमलटारमा तीन सय १५ वटा बैठक पार्टी फुटाउन बसेछ।’

उनले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक भएको आरोप लगाए।

‘कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वर कहाँ कहाँ बैठक बस्नु भएन र?,’ उनले प्रश्न गरे ।

उनले वैशाखमा चुनाव हुने दाबी गरे। विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नहुने उनले बताएका छन्।

‘तोकिएकै समयमा चुनाव हुन्छ,’ अनेरास्ववियूले आज काठमाडौंमा गरेको भेलामा प्रधानमन्त्री ओलीले भने, ‘विघटित संसद बौरिँदैन।’

उनले सरकारका राम्रा कामको पार्टीभित्रकै नेताहरूले ढाकछोप गरेको पनि बताए।

प्रकाशित मिति: : 2021-01-03 16:36:00

प्रतिकृया दिनुहोस्