मधेसका आमा, जो अरूकै नामले चिनिन्छन्

 

मनिका झा

 उनी ५० वर्षकी भइन्। गाउँमा मेघपुरवाली भनेर चिन्छन्। योभन्दा बढी चिन्नु/चिनाउनुपर्‍यो भने सिरिठ सदाकी घरवाली भनेर परिचय दिइन्छ। कतिपयले रामलोचनकी आमा भनेर पनि चिन्छन्।

महोत्तरीको मधवा गाउँकी मेघपुरवालीलाई आमाबुवाले राखिदिएको नाम हो, सरिता सदा। भारतको विहार राज्यको मधुवनी जिल्ला मेघपुर गाउँ उनको माइत हो। १२ वर्षकै उमेरमा बिहे गरी मधवा आइन्। बिहेपछि उनको नाम फेरियो र उनी भइन्, मेघपुरवाली।

भोटका बेला, जग्गाजमिन बेच्नुपर्दा वा राहत बाँड्न कोही गाउँ आएका बेला मात्रै मेघपुरवालीको खास नाम सोधिन्छ। अरू बेला त गाउँ, पति वा छोराको नामै उनको पहिचान हो।

तपाईंको नाम के हो ? यसरी सोध्दा करिब ४५ वर्षीय बिसनपुरवाली लजाइन्।

उल्टै उनले प्रश्न गरिन्, ‘नाम सोधेर के गर्नुहुन्छ ?’

तब जवाफ दिइन्, ‘नाम त कुनै काम हो भने मात्रै भन्ने हो। अरू बेला त गगनदेवकी स्वास्नी वा बिसनपुरवालीबाटै चिनिने हो।’

प्रकाशित मिति: : 2021-01-04 11:51:00

प्रतिकृया दिनुहोस्