आधा क्षमतामा पनि उडेनन् वाइडबडी, व्यवस्थापनको लापरबाहीदेखि कोरोनाको चपेटासम्म

नेपाल लाइभ

काठमाडौँ

 उत्तम काप्री

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का २ वटा वाइडबडीले विगत साढे २ वर्षयता आधा क्षमतामा पनि उडान भर्न नसकेको पाइएको छ। व्यवस्थापन र नेतृत्वमा रहेका कर्मचारीहरू कमिसनको खेलमा लाग्दा र कोरोनाको चपेटाका कारण निगमका बाइडबडी क्षमताको आधा पनि उड्न नसकेका हुन्। 

अन्तर्राष्ट्रिय उडानका लागि भन्दै झन्डै साढे २ वर्ष अगाडि खरिद भएका २ वटा वाइडबडी जहाजले अहिलेसम्म फुलफेजमा उडान गर्न सकेका छैनन्। कोरोना महामारी सुरु भएयता जहाज थन्किएकै अवस्थामा पुगेका छन्। 

प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर खर्चेर खरिद गरिएका वाइडबडी जहाजले फुलफेजमा उडान गर्न नपाउँदा निगम निरन्तर घाटामा समेत जान थालेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब घाटा व्यहोरेको नेपाल एयरलाइन्सले आर्थिक वर्ष ०७६/७७ मा झन्डै ५ अर्ब घाटा व्यहोरेको अनुमान गरिएको छ। यद्यपि, घाटा विवरण अझै सार्वजनिक गरिएको छैन। २ वटा वाइडबडीको दैनिक उडान क्षमता १५ घण्टासम्म भएपनि अहिलेसम्म अधिकतम १० देखि ११ घण्टाभन्दा बढी उड्न सकेका छैनन्।

प्रकाशित मिति: : 2021-01-05 19:51:00

प्रतिकृया दिनुहोस्