जर्जियामा रनअफ चुनाव: दुई सिनेटमा सबैको नजर

बिएल संवाददाता

न्युयाेर्क
photo:[Brian Snyder/Reuters]
photo:[Brian Snyder/Reuters]

जर्जियामा आज सम्पन्न भएको सिनेटको दुई सिटको चुनावको बिषयमा अमेरिकामा मात्र नभई अमेरिकी राजनीतिप्रति रुचि राख्ने सम्पूर्ण विश्वकै चासो रहेको छ।

चुनाव भएको एउटा सिटमा रिपब्लिकन उम्मेदवार डेभिड पर्डयु र डेमोक्रेटिक उम्मेदवार जोन ओसोफबीच र अर्को सिटमा डेमोक्रेटिक उम्मेदवार राफल वार्नक र रिपब्लिकन उम्मेदवार केली लोफ्लरबीच प्रतिस्पर्धा भइरहेको छ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा दुई सिनेट सिटका कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत प्राप्त नगरेकाले मंगलबार रनअफ चुनावमा मतदान भएको हो ।

मतदान केन्द्रहरु बन्द हुन थालेसँगै प्रारम्भीक नतिजा आउने क्रम सुरु भएको छ ।

अधिकांश सर्वेक्षणहरुले डेमोक्रेटिक उम्मेदवारहरुले जित्ने देखाए पनि वास्तविक परिणामका लागि भने आजको चुनावको नतिजाको प्रतिक्षा गर्नैपर्छ। यो चुनावमा दुबै सिट डेमोक्र्याट्सले जितेमा सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम हुनेछ भने एउटा मात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ।

यसैले यो चुनावी परिणामले अमेरिकी राजनीति, आप्रबासी समस्या लगायतका महत्वपूर्ण बिषयलाई निर्धारण गर्नेछ। 

हाल सिनेटमा डेमोक्रेटिकको ४८ सिट र  रिपब्लिकनको ५० सिट रहेको छ। यदि डेमोक्रेटिकले दुवै सिट जितेमा उपराष्ट्रपतिको निर्णायक मतले डेमोक्रेटिक पार्टीलाई आवश्यक विधयेकहरु पास गर्न सजिलो हुनेछ तर यदि रिपब्लिकनले एक मात्र र दुवै सिट जित्यो भने रिपब्लिकनको बहुमत हुन जाने कारणले नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले अमेरिकी जनतासँग गरेका धेरै बाचाहरु पूरा गर्न कठिन हुन सक्छ।

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको चुनावी परिणामले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ।

प्रतिनिधि सभामा भने यस अघि नै डेमोक्रेटिक पार्टी को बहुमत भइसकेको छ। डेमोक्र्याट्सले आजको चुनावबाट दुबै सिट जितेमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने राजनितिक नियुक्ति लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन।

यसको साथै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ। 

आज बेलुका ७ बजे मतदान समाप्त भएपछि मतगणना सुरु गरिने छ र ठ्याकै कसले जित्ने छ भन्ने कुरा जान्न भने अन्तिम नतिजा कुर्ने पर्छ

यसैबीच जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्ने जर्जियाबाट सिनेट सदस्यका लागि डेमोक्रेटिक उम्मेदवार जोन ओसोफले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-06 07:02:00

प्रतिकृया दिनुहोस्