नेम्वाङको मौनतामाथि गगनको प्रहार : संविधानमाथि 'कु' भइसक्दा चुइँक्क बोलेनन्, बरु कसैले केही सोध्लान कि भनेर लुकेरै बसे

काठमाडौं : संविधान सभाका अध्यक्षसमेत रहेका नेकपा नेता सुवाष नेम्वाङले प्रतिनिधि सभा विघटन हुँदासमेत आफ्नो धारणा सार्वजनिक गरेका छन्। सरकारले पुस ५ गते प्रतिनिधि सभा भंग गरेको थियो। यति दिन बित्दा पनि उनको मौनता कायमै रहेपछि काँग्रेस नेता गगन थापाले नेम्वाङमाथि प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको विघटनविरुद्ध परेका रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ। सोही सन्दर्भमा आफूले नेम्वाङलाई सम्झेको गगनले ट्वीटरमा लेखेका छन्।

'प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,' उनले भनेका छन्, 'जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।'

प्रकाशित मिति: : 2021-01-06 10:25:00

प्रतिकृया दिनुहोस्