तरकारी खेतीमा दलित महिला, भन्छन्, ‘अब गिट्टी कुट्न पर्दैन, इँटा पनि बोक्न पर्दैन’

शिलापत्र

सप्तरी 

 साैरभ यादव

सप्तरीको सुरुङ्गा नगरपालिकामा दलित समुदायका महिलाले सामूहिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यसअघि चुलोचौकामा सीमित वडा नम्बर ७, चकदहका दलित महिला तरकारी खेतीबाट आत्मनिर्भर बनेका हुन् ।

खेतमा लटरम्म फलेका घिरौला, भिन्डी, करेला बेचेर आएको आम्दानीबाट उनीहरूले घर गर्जो टार्नेदेखि छोराछोरीको शिक्षामा लगानीसमेत गर्न थालेका छन् । 

गैरसरकारी संस्थाहरूको सहयोगमा राधाकृष्ण कृषक समूह गठन गरी चकदहका महिलाहरू तरकारी खेतीमा जुटेका हुन् । समूहमा १८ महिला रहेका र उनीहरू सबै आत्मनिर्भर बनेकाे समूहकी अध्यक्ष राजबत्तीदेवी कामैतले बताइन् ।

प्रकाशित मिति: : 2021-01-06 16:12:00

प्रतिकृया दिनुहोस्