संसद् भवनमा समर्थकको हिंसापछि ट्रम्प प्रशासनका कर्मचारीद्वारा राजीनामा दिन सुरु

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनभित्र गरेको उपद्रोका कारण ‘प्रथम महिला’ मेलानिया ट्रम्पकी प्रमुख सेविका स्टेफानी ग्रिसहामले तुरुन्त लागु हुनेगरि पदबाट राजीनामा गरेकी छिन्। उनले ह्वाइट हाउसको सूचना निर्देशक तथा संचार सचिवको रुपमा पनि काम गरेकी छिन्। 

अमेरिकामा बुधबार बिहान इलेक्टोरल कलेजको मतगणना तथा नवनियुक्त राष्ट्रपतिको घोषणाअघि ट्रम्प समर्थकले संसद भवन क्यापिटल हिल अगाडि सुरुमा प्रदर्शन गरेका थिए भने पछि संसद भवनभित्र प्रवेश गर्दै तोडफोड पनि गरेका थिए। 

यो घटनामा एक महिलाको निधन भएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा राख्न आर्मीको विशेष युनिट खटाइएको थियो। बिहानको घटनापछि दिउँसो उनले राजीनामा दिएको विभिन्न समाचार एजेन्सीले बताएका छन्। 

उनीसँगै ह्वाइट हाउसको सोसल सेक्रेटरी आना क्रिस्टिना ‘रिकी’ निसेटाले पनि तत्कालै लागु हुनेगरि बुधबार नै राजीनामा गरेको सीएनएनले बताएको छ। यी दुबै ट्रम्पको कार्यकालमा सबैभन्दा लामो काम गर्ने कर्मचारी हुन। 

ग्रिसहाम २०१५ मा ट्रम्प प्रशासनसँग जोडिएकी थिइन्। उनको स्थानमा २०१७ मा सिन स्पाइसरलाई प्रेस सचिवमा नियुक्त गरेपछि मेलानिया कहाँ काम गरिरहेकी थिइन्। निसेटा पनि २०१७ को फेब्रुअरीदेखि नै ट्रम्प प्रशासनमा बसेर काम गरिरहेकी थिइन्।

प्रकाशित मिति: : 2021-01-07 09:31:00

प्रतिकृया दिनुहोस्