नौ महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस

राजधानी दैनिक

काठमाडाै‌ं

काठमाडौं । करिब नौ महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिकलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् ।गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको जनाउँछन् । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जनाउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।

प्रकाशित मिति: : 2021-01-07 10:26:00

प्रतिकृया दिनुहोस्