सन्दीपकाे उत्कृष्ट बलिङ, सिड्नीका कप्तानकाे लिए विकेट

बिएल संवाददाता

काठमाडाै‌ं

लेग स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास बीबीएलमा सिड्नी थण्डरविरुद्ध उत्कृष्ट बलिङ गरेका छन्।

यस सिजन हाेबार्ट हुरिकेन्सका लागि खेलिरहेका उनले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन्।

होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको सन्दीपले थण्डरका कप्तान कलुम फर्गुसनको विकेट लिएका थिए।

तर उनले विकेट भने आठौं ओभरमा लिएका हुन्। आठाैं ओभरकाे पहिलो बलमा कप्तान फर्गुसनलाई सन्दीपले एक रन दिए। दोस्रो बलमा खवाजाले एक र तेस्रो बल डट राखे। फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे। पाँचौ बलमा खवाजालाई दुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए।

सन्दीपले यसअघि मेलवर्न स्टार्स विरुद्धकाे दुवै खेल खेलेका थिए। उनले दुवै खेलमा विकेट लिएका थिए। सन्दीपले ३ खेलबाट ४ विकेट लिइसकेका छन्।

प्रकाशित मिति: : 2021-01-07 14:26:00

प्रतिकृया दिनुहोस्