अनेरास्ववियू (प्रचण्ड)का विद्यार्थीले राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन्।
क्याम्पसमा जम्मा भएका विद्यार्थीले संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै बिहिबार अपरान्ह पुत्ला दहन गरेका हुन्।
आरआर क्यम्पसबाट २ वटा, नेपाल ल क्याम्पसबाट एक र विश्वभाषा क्याम्पसबाट एक पुत्ला जलाइएको आरआर क्याम्पसका सभापति तपेन्द्रजंग शाहीले जानकारी दिए।
प्रदर्शनमा सहभागी विद्यार्थीले संसद विघटन संविधान विपरित भएको भन्दै नाराबाजी गरेका थिए ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा (प्रचण्ड) निकटको अनेरास्ववियूले चरणवद्ध तरिकाले आन्दोलनको घोषणा गरिरहेको छ ।
अनेरास्ववियूले प्रधामन्त्री ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन, क्याम्पसहरुमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने, लाल्टिन जुलुस निकाल्ने र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम तय गरेको थियो ।