पुरुष टेस्ट क्रिकेटमा अम्पायरिङ गरेर इतिहास रचिन पोलोसकले

अस्ट्रेलियाकी क्लेयर पोलोसक पुरुष टेस्ट क्रिकेटमा अफिसियल बन्ने पहिलो महिला बन्न सफल भएकी छिन्। 

भारत र अस्ट्रेलियाबीच बिहीबार सिड्नीबाट सुरु भएको तेस्रो टेस्टमा उनी चौथो अम्पायरको भूमिकामा थिइन। उनी पुरुष एकदिवसीयमा अम्पायरिङ गर्ने पहिलो महिला हुन्। 

 उनले सन् २०१९ को आईसीसी डिभिजन–२ लिगमा नामिबिया र ओमानबीच एकदिवसीय खेलमा अम्पायरिङ गरेका थिए। 

पोलोसकलाई पल राफेल, पल विल्सन, ब्रक्स अक्सनफोर्ड र डेभिड बुनले साथ दिएका थिए। राफेल र विल्सन फिल्ड अम्पायर हुन्। ब्रक्स तेस्रो अम्पायर र बुन म्याच रेफ्रिको भूमिकामा छन्। 

पोलोसकले अन्तर्राष्ट्रिय अम्पायरिङ २०१५ देखि सुरु गरेकी हुन्। थाइल्याण्डमा भएको आईसीसी वुमेन टि–२० वल्र्ड कपको छनोट खेलमा पनि उनले अम्पायरिङ गरेकी थिइन। उनले अहिलेसम्म ३३ टि–२० र १७ एकदिवसीयमा अम्पायरिङ गरेकी थिइन।

प्रकाशित मिति: : 2021-01-07 21:34:00

प्रतिकृया दिनुहोस्