पत्रकारलाई प्रधानमन्त्रीकाे उपहार: सुन्तला !

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई सुन्तलाको माला बाँडेका छन्।

शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका उनले पत्रकारलाई सुन्तलाको माला बाँडेका हुन्।

केहीदिन अघि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा (प्रचण्ड)समूहलाई लक्षित गर्दै ‘सुन्तला खानु छ भने सुन्तलाबारीतिर पो जानुपथ्र्यो, सल्लाघारीतिर लागेर हुन्छ?’ भनेर व्यंग्य गरेका थिए।

त्यसको केही दिनपछि उनले पत्रकारहरुलाई सन्तला बाँडेका हुन्। उनले पत्रकारलाई ‘सुन्तला खानुस् तपाईंहरू पनि’ भनेका थिए।

प्रकाशित मिति: : 2021-01-09 16:54:00

प्रतिकृया दिनुहोस्