शेख मुजाहिदिन म्याराथनको उपाधि पुष्पालाई

बिएल संवाददाता

काठमाडाै‌ं

पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन्।

बंगलादेशमा आइतबार भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन्।

सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन्। पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन्।

दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोटगी चौथो भएका छन्। त्यसमा भारतीय खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन्।

प्रकाशित मिति: : 2021-01-10 13:08:00

प्रतिकृया दिनुहोस्