नेपालमा कहिले आउँछ काेराेनाविरुद्धकाे खाेप?

देशसञ्चार

काठमाडौँ

 प्रतिभा चन्द

अमेरिका, क्यानडा, रसिया, इङ्ग्ल्याण्ड, इण्डोनेसिया, बेलायत, भारतसहित विश्वका विभिन्न देशमा प्रयोगका लागि औपचारिक मान्यता पाएका छन् कोरोना भाइरसविरुद्धका खोपले।

विश्वका विभिन्न देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थाले पनि नेपालमा कहिले आउँछ अझैसम्म टुङ्गो लागिसकेको छैन।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अबको १५ दिनभित्र खोप भण्डारणको तयारी पूरा हुने बताएको छ।

विभागले अहिले सरकारसँग माइनस २ देखि ८ डिग्रीसम्मको खोप भण्डारणको क्षमता भएको बताएको छ। तर सरकारसँग माइनस २० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने खोपको भण्डारण क्षमता कम छ भने माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रम चाहिने खोपको भण्डारण क्षमता शून्य छ।

कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि गावी (सार्वजनिक निजी साझेदारी अन्तर्गत विश्वका आर्थिक अवस्था कमजोर भएका देशका नागरिकमा खोपको पहुँच पुर्‍याउनका लागि तय गरिएको विश्वव्यापी अभियान) ले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दैछ। जसमा माइनस २ देखि ८ डिग्री सेन्टिग्रेटको १० वटा र माइनस २० डिग्री सेन्टिग्रेटको ९ वटा कोल्ड चेन छन्।

प्रकाशित मिति: : 2021-01-10 14:06:00

प्रतिकृया दिनुहोस्