पृथ्वी नारायण शाहकाे शालिकमा माल्यार्पण गर्न गएका राप्रपाका नेताकार्यकर्तालाई प्रहरीले राेक्याे

बिएल संवाददाता

काठमाडाै‌ं

सिंहदरवार अगाडी रहेकाे पृथ्वी नारायण शाहकाे शालिकमा माल्यार्पण गर्न गएका राप्रपाका नेताकार्यकर्तालाई प्रहरीले राेकेकाे छ।

राजतन्त्र पुनर्स्थापनाकाे नारासहित माल्यार्पण गर्न गएका नेताकार्यकर्ताहरुलाई प्रहरीले राेकेकाे हाे। शालिक भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ। सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका छन्।  

उक्त क्षेत्र निषेधित हाे। उक्त क्षेत्रमा नारा जुलुस गर्न निषेध गरिएकाे छ। 

प्रहरीले पृथ्वीनारायण शाहको शालिक रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ।

 प्रहरीले सो क्षेत्रका तैनाथी बढाए पनि सहभागी रोकिएका छैनन्।

प्रकाशित मिति: : 2021-01-11 13:09:00

प्रतिकृया दिनुहोस्