रित्तै फर्कियो लाइसेन्सको लाम

Breaknlinks
Breaknlinks

काठमाडौं : सवारी लाइसेन्सका लागि सोमबार यातायत कार्यालयले तोकेका केन्द्रमा जुटेका सयौं सर्वसाधारण घण्टौं लाम लागेर रित्तै फर्किए। कारण थियो– ट्राफिकका प्रतिनिधि गएनन्। नजानुको कारण थियो– सडकका नारा–जुलुसको व्यवस्थापन। 

सडक आन्दोलनको मार अन्ततः सर्वसाधारणमै गएर ठोक्किन्छ भन्ने यो प्रतिनिधि घटना हो। ट्राफिक प्रहरी जान नसक्दा राजधानीका ३ ठाउँ (चाबहिल, जगाती र ठूलो भर्‍याङ) मा सोमबारको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा रोक्नु पर्‍यो। एकान्तकुनामा मात्र अलि ढिला गरी परीक्षा लिइयो।  

प्रकाशित मिति: : 2021-01-12 09:00:00

प्रतिकृया दिनुहोस्