पानीका लागि आफै तिर्खाएका पाटन दरबार भित्रका हितिहरुमा 'रिचार्ज', पाए पुन: जीवन

२०४६ साल अघिको कुरा हो। पाटन दरबारभित्र रहेको सुन्दरी चोकमा जिल्ला प्रहरी कार्यालय थियो। दरबारका साँघुरा कोठामा कहिँ प्रहरी बस्थे त कहिँ कैदी। सुन्दरी चोकमा तुसा: हिति (ढुंगेधारा)  रहेको क्षेत्रमा समेत प्रहरीको क्याम्प थियो। कुनैबेला राजारानीको ‘रोयल रेसिडेन्स’ रहेको सुन्दरी चोक कारागारमा रुपान्तरण भएको थियो। मल्लराजाहरुले थुप्रै गीत र कविता रचना गरेको ऐतिहासिक दरबारमा प्रहरीको रजाइँ थियो।

बेला नागरिकको पहिलो तारो बन्थे प्रहरी र प्रहरी चौकी। मल्लकालिन दरबार क्षेत्रमा रहेको प्रहरी कार्यालयमा पनि त्यही घानमा पर्‍यो। प्रजातन्त्रको माग गर्दै आन्दोलनमा होमिएका प्रदर्शनकारीहरुले मंगलबजार क्षेत्रबाट प्रहरी कार्यालय रहेको दरबारको भवनमा ढुंगा प्रहार गरे। जसकारण त्यहाँको हस्ती हाड (हात्तीको दारा) को झ्यालसहित अन्य काष्ठकलामा असर पुग्यो।

प्रकाशित मिति: : 2021-01-13 09:42:00

प्रतिकृया दिनुहोस्