क्यापिटल भवन हिंसा: 'आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँ'

अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ।

अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्।

वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए। त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो।

घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2021-01-13 09:47:00

प्रतिकृया दिनुहोस्