चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : जी न्युजमा सगरमाथाको कालापत्थरबाट आएको टेलिभिजन फुटेज देखेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारी आफैँ अचम्ममा परे। नेपालीले समेत अनुमति नलिइन क्यामरा लैजान नपाउने उक्त संवेदनशील क्षेत्रमा कसरी भारतीय च्यानल पुग्यो?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष अन्तर्वार्ता लिन आएको भारतीय मिडियाको टोलीले कालापत्थरमा पुगेर सगरमाथाको फुटेजमात्र सार्वजनिक गरेन, भारतले त्यसमा दावी गर्नुपर्ने समेत दावी पेश गर्‍यो।

नेपाल-चीनबिच सामरिक हिसाबले संवेदनशील क्षेत्र हो, सगरमाथा राष्ट्रिय निकुञ्ज। कालापत्थर तथा सगरमाथा आधार शिविर रणनीतिक हिसाबले थप महत्वपूर्ण ठाउँ। त्यहाँ हुने गतिविधिमा चिनियाँ चासो सधैं रहने गर्छ।

विभागका निमित्त प्रमुख हरिभद्र आचार्यले उक्त टोली सगरमाथा क्षेत्रमा कहिले पुग्यो भन्ने जानकारी आफूलाई थाहा नभएको बताए। 'हामीलाई यसबारेमा बल्ल थाहा भयो। उहाँहरु कहिले जानु भयो त्यस विषयमा मैले पनि बुझ्नै पर्छ,' उनले भने।

विभागमात्र होइन, नागरिक उड्ययन प्राधिकरणसँग पनि यो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा क्षेत्रमा गएको कुनै रेकर्ड छैन।

प्रकाशित मिति: : 2021-01-13 16:54:00

प्रतिकृया दिनुहोस्