प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेकाे छ। 

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि बढुवा सिफारिस गरेको हो।

सूचीमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल छन्।

उनीहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन्। बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन्।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ।

प्रकाशित मिति: : 2021-01-13 17:49:00

प्रतिकृया दिनुहोस्