सर्वोच्चलाई वकिलका दुई प्रश्न: न्यायाधीशले प्रधानमन्त्रीलाई किन भेटे? सक्कल फाइल किन फिर्ता मागियो?

काठमाडौँ: संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकै बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको सम्बन्धमा रिट निवेदक पक्षले इजलासमा प्रश्न उठाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको बहसमा रिट निवेदकबाट यस्तो प्रश्न उठाएका हुन् । न्यायाधीशका यस्ता गतिविधिले स्वच्छ न्याय प्रभावित हुने खतरा बढेको र न्यायालयप्रतिको आम आस्थामा पनि धक्का पुग्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा रिट निवेदक शशी श्रेष्ठले पुस २६ र २७ गते चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको दावी गर्दै संवैधानिक इजलासमा प्रश्न उठाएकी हुन् ।श्रेष्ठले दावी गरे अनुसार न्यायाधीश सपना मल्ल, दीपक कार्की, हरिकृष्ण कार्की र मिरा खड्काले प्रधानमन्त्रीलाई भेटेका थिए । यसरी भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै बहसमा प्रश्न उठाइएको हो । तर यस सम्बन्धमा इजलासबाट कुनै जवाफ भने आएन ।

प्रकाशित मिति: : 2021-01-15 18:09:00

प्रतिकृया दिनुहोस्