पृथु र आदिलकाे अर्शतक, वागमतीले सुदूरपश्‍चिमलाई दियाे ३ सय रनको विशाल लक्ष्य

बिएल संवाददाता

काठमाडाै‌ं

पृथु बास्कोटा र आदिल खानले अर्शतक प्रहार गरेपछि वागमती प्रदेशले सुदूरपश्‍चिम प्रदेशलाई ३ सय रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएको हो।

वागमतीका फागि पृथुले सर्वाधिक ८४ रन बनाए। उनले ९४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे। 

त्यस्तै ओपनर आदिल खानले ६३ रन बनाए। वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल र विपिन खाचार्यले समान ३२ ३२ रन बनाए। 

यता पारस खड्काले २०, ईशान पाण्डेले १७, आकाश थापाले १३ रन जोडे। मनरेश गिरी १० रनमा अविजित रहे।

सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए। यस्तै भोजराज भट्ट र सन्तोष भट्टले २-२ र विनोद लामाले १ विकेट लिए।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १०३ रनको विजयी लक्ष्य दिएको छ। प्रदेश १ ले २७ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको हो।

प्रकाशित मिति: : 2021-01-18 13:06:00

प्रतिकृया दिनुहोस्