बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको छ। 

केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मास्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो ।

उनीहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ।

उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएको थियाे। माघ ५ गते उनीहरुकाे रिपोर्ट आएको थियो।

हङकङ प्रयोगशालाले सोमबार इमेलमार्फत एनपीएचएललाई पठाएको रिपोर्टमा बेलायतमा देखिएकै नयाँ स्वरूपको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो।तीन जना मध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भैसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ।

कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो।

बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । 

अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ ।

 जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ।

यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति: : 2021-01-18 14:03:00

प्रतिकृया दिनुहोस्