प्रचण्ड, बाबुराम र उपेन्द्र बिषालु सर्प हुन्, उनीहरूले मधेशलाई डसिरहेछन् : डा. सिके राउत

मधेशका उदयमान नेता डा. सिके राउतकाे समर्थनमा लहानमा साेमबार भब्य जनलहर उर्लियाे।

वैधानिक राजनीतिमा अवतरण गरेपछि मधेशमा डा. सिके राउतप्रतिकाे जनसमर्थन ह्वात्तै घटेकाे टिप्पणी भइरहेका बेला साेमबार उनकाे पक्षमा उर्लिएकाे जनसागरले उक्त टिप्पणीलाई गलत साबित गरिदिएकाे छ।

पृथकतावादी राजनीति गरिरहेका डा. राउत प्रधानमन्त्री केपी शर्मा ओलीकाे पहलमा वैधानिक राजनीतिमा आएका हुन्। उनकाे अध्यक्षतामा जनमत पार्टी खुलेकाे छ। जनमत पार्टीकाे चुनाव चिन्ह लाउड स्पिकर हाे। मधेशका ग्रामिण भेगमा उनले संगठन निर्माणलाई तिब्र बनाइरहेका छन्। 

डा. राउतलाई वैधानिक राजनीतिमा ल्याउनुलाई ओली सरकारले असाधरण उपलब्धि मानेकाे छ। 

तिनै राउतले मधेश बलिदानीकाे अवसरमा भब्य जनप्रदर्शन गरे।लहानस्थित शहिदका शालिकहरूलाई माल्याअर्पण गरे अनि मधेशमा नयाँ राजनीतिक आन्दाेलन गर्ने कसम खाए।

'राजनीतिक दलकाे आवरणमा कालिया नागहरूले मधेशलाई पटकपटक डस्याे,'  डा. राउतले भने,'बिषालु सर्पले एक पटक ठुँग्छ तर काला नागले पटकपटक ठुँग्छ, मधेशबादी नेता भनिनेहरू काला नाग हुन् , जसले मधेशलाई पटकपटक डसे।' 

डा. राउतले नेताहरूलाई विभिन्न सर्पकाे संज्ञा दिए। 'पुष्पकमल दहाल प्रचण्डले मधेशसँग लभ पर्याे भनेर आफुसँग सुत्न भन्छन् र राती डस्छन्,' उनले भने,'काठमाडाैंमा बसेर केही अजिगँरले सर्पहरूले मधेशी शहिदकाे बिक्रि गरिरहेछन् र कुर्सीमा पुगेर ठेक्का पट्टा पनि गरिरहेछन्।' 

जनता समाजवादी पार्टीकाे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटराइलाई पनि उनले सुगा सर्पकाे संज्ञा दिए।

 राउतले भने,'पहाडमा हरियाली समाप्त भएपछि उनी अहिले हरियाे लुगा लगाएर मधेश झरेकाछन्। संविधान जारी गर्ने पनि उही , सँबिधानसभा बिघटन गर्ने पनि। अहिले उनी मधेश झरेकाछन्। उनी सुगा सर्प हुन्। सुगा सर्प खतरनाक हुन्छ।'

जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका मधेशबादी नेताहरूलाई भने राउतले काला नागकाे संज्ञा दिए। 

'बारम्बार मन्त्री भएर काला नागहरूले मधेशलाई डसेकाछन्', राउतकाे भने, त्यसैले यी काल नागहरूलाई नचाएर फ्याँक्नुपर्छ।' 

बेलायतकाे क्याम्ब्रिज विश्व बिध्यालयबाट पिएचडी गरेर अमेरिकाकाे रेथवन बिबिएल टेक्नाेलाेजिमा कार्यरत उनी बिगत एक दशकदेखि नेपालकाे राजनीतिमा सक्रिय छन्।

सुरूमा पृथकताबादी राजनीतिमा सक्रिय उनी करिब २ बर्षअघिबाट बैधानिक राजनीतिमा अवतरण गरेका हुन्। 

राज्य बिप्लव विरूद्द ७ मुद्दा झेलिरहेका उनी अाजिवन काराबासकै क्रममा बैधानिक राजनीतिमा आएका हुन्। 

मधेशबारे विभिन्न पुस्तक लेखेका उनकाे 'डिनाईल टू डिफ्रेन्स' नामक आत्मकथा पनि प्रकाशित छ।

प्रकाशित मिति: : 2021-01-18 22:53:00

प्रतिकृया दिनुहोस्