पिएम कपः कीर्तिपुरमा लुम्बिनी र मूलपानीमा गण्डकी ब्याटिङ गर्दै

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेलहरु हुँदैछन्। मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीले प्रदेश–२ बिरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

मूलपानी मैदानमा सुरु हुन लागेको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशबिरुद्ध टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ।

कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ।

समूह ए मा रहेको गण्डकीको यो तेस्रो खेल हो। सोमबार भएको खेलमा गण्डकीले प्रदेश-१ लाई २ विकेटले हराएको थियो। पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो।

समूह बी अन्तर्गत लुम्बिनी र प्रदेश २ ले प्रतियोगितामा पहिलो खेल खेल्दैछन्। लुम्बिनीको कप्तानी कृष्ण कार्की र प्रदेश २ को कप्तानी सुरज कुर्मीले गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-01-19 09:03:00

प्रतिकृया दिनुहोस्