लुम्बिनीले प्रदेश २ लाई दियाे २ सय ५८ रनको लक्ष्य

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश २ लाई २ सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो। 

लुम्बिनीका सन्दीप रजालीले १ सय ७ बलमा ११ चौकासहित सर्वाधिक ८३ रनको योगदान दिए। 

यता सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनमा आउट भए। बिक्रम भुषाल ३८ बलमा ३ छक्कासहित ३६ रनमा रन आउट भए। 

 सन्दीप सुनारलाई ११ रनमा एलबिडब्लू आउट भए। सन्दीपले ११ बलमा २ चौका प्रहार गरे। अमित तामाङ ११, कृष्ण कार्की १०, प्रनित थापा मगर ८, अनिल खरेल ६, सुशान्त सिंह ६ रनमा एलबिडब्लू आउट भए।

हरि शंकर शाहले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। दिब्यान्सु मलिकले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर २ विकेट लिए। 

सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2021-01-19 13:08:00

प्रतिकृया दिनुहोस्