मौरीपालक किसानका दुई मुख्य समस्या के-के हुन्?

उमाकान्त खनाल

औषधीय गुणले भरिपूर्ण मह उत्पादन गर्ने मौरीकै अस्तित्व संकटमा पर्ने थालेको मौरीपालक किसानहरूले बताएका छन्।

रासायनिक विषादीको प्रयोग र मौरीलाई चरन अभावका कारण मौरी मर्ने र महको उत्पादन बर्सेनि घट्दै गएको मौरी पालक किसानहरू बताउँछन्।

फूल फुल्ने बालीमा फूल फुलेकै बेला रासायनिक विषादी हाल्ने गरिएकाले त्यही विषादी खाएर मौरी मर्ने क्रम बढेको किसानहरूको भनाइ छ।

मौरी चाहिने फूलको रस पाइने प्रकारका फूल फुल्ने बाली लगाउने क्रम पनि घटेकाले मौरी पालक किसानले मौरी चरनका लागि सास्ती भोग्नुपरिरहेको उनीहरू बताउँछन्।

झापाको सुरुंगा बजार दक्षिण बेनुबाजामा मह काढ्दै गर्दा भेटिएकी एक जना अगुवा किसान देवी दाहालले रसायनिक विषादीको प्रयोग गर्न बन्द नगर्ने हो भने मह उत्पादन संकटमा पर्ने बताइन्।

प्रकाशित मिति: : 2021-01-20 14:24:00

प्रतिकृया दिनुहोस्