ब्याक स्टेजको एउटा कथा : 'घुम्ने मेचमाथि हुन्छ अन्धै मान्छे'

पहिलोपोष्ट

काठमाडाै‌ं

 

स्वेच्छा राउत

वक्ताहरुको भौतिक उपस्थिति र दर्शकको अभौतिक सहभागिताका बिच धेरैखाले विषयले ठाउँ पायो सराङकोटको लिटरेचर फेस्टिभलमा। सबै विषय महत्वपूर्ण भए पनि केही विषयहरु मेरा लागि थप रोचक बनिरहेका थिए। औपचारिक सेसनमात्र होइन, त्यसभन्दा बाहिरका घटनाक्रमले मलाई खिचिरहेको थियो। त्यही क्रममा मलाई सौगात वाग्लेको सक्रियताले खिचिरहेको थियो।

'युवाको नजरमा नेपाल' शीर्षकको छलफलका वक्ता थिए सौगात। उनले राखेका विचारहरू समाचारको शीर्षकमात्र बनेन सामाजिक सञ्जालमा उनको तारिफ गर्नेहरू उत्तिकै देखिए। जति उनको अन स्क्रिन सफलता थियो, उनको अफ स्क्रिन सक्रियता उत्तिकै तारिफ योग्य।

फेस्टिभल सुरु हुनु एकदिन अघि। रातो ज्याकेट, कालो चश्मा र छेउमा बिसाएको कालै झोला नजिकै सौगात एक्लै देखिए। जताबाट मानिसको बोली आउँथ्यो, उनी त्यतै मोडिन्थे।

उनी एक्लै देखेपछि म त्यतै पुगेँ र परिचय दिएँ।

प्रकाशित मिति: : 2021-01-20 14:27:00

प्रतिकृया दिनुहोस्