सेटिङबाहेकको अवस्थामा संसद् फर्किन्छ : घनश्याम भुसाल (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडाै‌ं

पुस ५ गते प्रतिनिधि सभा विघटन हुनुअघि सत्तारुढ नेकपाभित्र चर्किएको विवाद सकेसम्म मिलाउने प्रयासमा दोस्रो पुस्ताका केही नेता सक्रिय भएका थिए। स्थायी कमिटी सदस्य तथा त्यसबेलाका कृषिमन्त्री घनश्याम भुसाल तीमध्ये एक हुन्। अहिले प्रतिनिधि सभा विघटन भैसकेको अवस्थामा फर्केर हेर्दा त्यसबेला प्रधानमन्त्री केपी ओलीले चालेका धेरै कदमहरू ढाँटछल मात्रै रहेको र अन्ततः त्यसले नै नेकपालाई विभाजनमा लगेको भुसालको ठम्याइ छ। नेकपा विभाजन हुनुअघिका रस्साकस्सी र अब यो पार्टीले तय गर्ने बाटोका बारेमा भुसाल के भन्छन्? पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग नेपालखबरले गरेको वार्ता :

नेपालका दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा बन्दा त्यो पार्टीप्रति धेरै जनविश्वास थियो। तर, अहिले नेकपा किन दुर्घटनामा पर्‍यो?
यो दुर्घटनाको सुरुवात एमालेको नवौँ महाधिवेशनबाटै भएको हो। वास्तवमा अहिलेको दुर्घटना महाधिवेशनमा भएको दुर्घटनाकै परिणाम हो। केपी ओली जुन विचारको विरुद्धमा हुनुहुन्थ्यो, महाधिवेशनले त्यही विचारलाई पारित गर्‍यो। तर, त्यही विचारविरोधी ओलीले अध्यक्ष पद जित्नुभयो। नीति र नेताको बीचमै अन्तरविरोध हुँदा अहिलेको स्थिति पैदा भयो। २०१४ सालमा पनि कम्युनिस्ट पार्टीमा यस्तै घटना भएको थियो। नीति पुष्पलालको पारित भयो, नेता भने केशरजंग रायमाझी बन्नुभयो। जसका कारण २०१७ सालमा दुर्घटना भयो। राजाले सत्ता लिएपछि रायमाझीले समर्थन गर्नुभयो। पुष्पलाल त्यसको विरोधमा लाग्नु भयो र अहिलेकै जस्तो अवस्था उत्पन्न भयो।

प्रकाशित मिति: : 2021-01-21 13:56:00

प्रतिकृया दिनुहोस्