सय महिनादेखि ह्याङ्गरमा थन्किएको ट्विनअटर जहाजको मर्मत खर्च कति?

नेपाल लाइभ

काठमाडाै‌ं

उत्तम काप्री

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एउटा ट्विनअटर जहाज सय महिनाभन्दा लामो समयदेखि ह्याङ्गरमा थन्किएको छ। ह्याङ्गरमा थन्किएको जहाज अहिले कवाडी अवस्थामा पुगेको छ। 

जुन जहाज मर्मतको विषय अहिले विवादमा परेको छ। कलसाइन डिएचसी ६–३०० (एबिएक्स) जहाज २०६९ भदौ ९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा थन्केको छ। लुक्लाबाट काठमाडौं आउँदै गर्दा उक्त ट्विनअटर जहाजमा सामान्य समस्या देखा परेको थियो।

काठमाडौं विमानस्थलमा अवरतणको क्रम जहाजको पंखामा समस्या आएको थियो। जहाजको पंखामा समस्या आएपछि तत्काल जहाज मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा पुग्यो। जहाजलाई मर्मतका लागि भन्दै ह्याङ्गरमा लगियो। मर्मतका लागि ह्याङ्गरमा लगिएको जहाज अहिलेसम्म त्यहीँ छ। 

फरक यतिमात्रै हो, उक्त समयमा सामान्य समस्या आएको जहाज अहिले कवाडीमा बिक्री गर्नुपर्ने अवस्थामा पुगेको छ। त्यतिबेलै मर्मत भएको भए नेपाल एयरलाइन्सको आन्तरिक उडानमा तीनवटा ट्विनअटर जहाज हुने थिए। मर्मतका लागि जहाज ह्याङ्गरमा लैजादा पंखामात्रै बिग्रिएको थियो। तर, अहिले जहाजका सबै पार्टपुर्जा झिकेर अन्य जहाजमा प्रयोग भइसकेको छन्। जहाज पनि खिया लागिसकेको छ।

प्रकाशित मिति: : 2021-01-21 15:32:00

प्रतिकृया दिनुहोस्