भोलि नेकपा (प्रचण्ड)ले १ लाख मानिस उतार्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)ले भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ। 

सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए। तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने उनले बताए।

उनकाअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन्।

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुे गर्नेछन्।

यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-21 16:37:00

प्रतिकृया दिनुहोस्