संसद् पुनर्स्थापन भए मुलुकमा प्रतिक्रान्ति हुन्छ: थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संसद् पुनर्स्थापना नहुने बताएका छन्। संसद् पुनर्स्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने उनले बताए । 

बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनर्स्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ।’

प्रधानमन्त्री केपी ओलीले संसद विघटनको  साहसिक निर्णय भएको थापाले बताए। ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो । त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ,’ गृहमन्त्री थापाले भने ।

प्रकाशित मिति: : 2021-01-21 16:42:00

प्रतिकृया दिनुहोस्