दश दिनमै मन्त्रीविरूद्ध बलात्कारको आरोप फिर्ता लिइन् गायिका शर्माले

दश दिनअघि गायिका रेणु शर्माले सोसल मिडियामा एउटा पोस्ट प्रकाशित गर्दै महाराष्ट्रका मन्त्री धनन्जय मुण्डेले बलात्कारको आरोप लगाएकी थिइन्। 

११ जनवरीमा उनले लेखेको पोस्टमा भनिएको छ, ‘यदी मन्त्रीविरूद्ध कार्यवाही भएन भने मेरो ज्यानको खतरा छ। त्यतिबेला पोस्ट गरिएको त्यो पत्रको विरूद्ध शर्माले बयान फेरेकी छिन्। उनले शुक्रबार अर्को पोस्ट सार्वजनिक गर्दै आफू ठूलो राजनीतिक सड्यन्त्रको शिकार भएको बताएकी छिन्। अहिले उनले लेखेकी छिन्, ‘म धनन्जय माथि लगाइएको आरोप फिर्ता लिन्छु।’

धनन्जयले यसअघि रेणुको आरोप गलत भएको बताएका थिए। उनले आफूलाई बदनाम गर्न र पैसा असुल्न यस्तो हर्कत भएको आरोप लगाएका थिए। उनले शर्माको आरोपमा यो भने स्विकार गरेका थिए, २००३ मा उनको बहिनीसँग भने सम्बन्ध थियो। करुणा शर्माबाट मुण्डेको एक छोरा र एक छोरी जन्मिएका छन्। 

उनले बच्चालाई आफ्नो थर पनि दिएका छन्। यो सम्बन्धको विषयमा मुण्डेको परिवारलाई पनि थाहा छ। उनले बच्चालाई हुर्काउन र करुणाको लागि पनि खर्च गरिरहेका छन्। 

शर्माले शुक्रबार पोस्ट गरेको पत्रमा भनेकी छिन्, ‘म तनावमा थिए।’

प्रकाशित मिति: : 2021-01-22 16:41:00

प्रतिकृया दिनुहोस्