जनता दलका टाेलीले भेटे भाजपाका वरिष्ठ नेता फडणवीससँग

भारत भ्रमणमा आएको नेपाली जनता दलको टोलीले भाजपाका वरिष्ठ नेता महाराष्ट्र राज्यका पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेको छ। 

भ्रमणको पहिलो दिन पूर्वमुख्यमन्त्रीसहित भाजपाका नेता शिवाजी पटेल र सुभाष वाडेकर साहेबसँग सौहार्द वातावरणमा भेटघाट गरेका हुन्।

भेटवार्तामा नेपाल–भारत सम्बन्धबारे चर्चा गरिएको छ। भेट्मा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, बरिष्ठ उपाध्यक्ष रघु परियार , प्रेस विभागका हरिबहादुर मल्ल ठकुरी, युवा नेता सुमन भट्ट तथा सहजकर्ता एवं व्यवसायी इन्देश राय लगायतको सहभागीता थियो।

प्रकाशित मिति: : 2021-01-22 18:07:00

प्रतिकृया दिनुहोस्