दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ ।
केही दिनअघि नै चितुवा मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आशंका व्यक्त गरे।
दाउरा लिन गएका स्थानीयवासीले चितुवालाई देखेपछि वन कार्यालयलाई खबर गरेको उनले बताए।
'चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ' उनले भने, 'जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्छ' उनले भने। मृत चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनको भनाइ छ।