रहेनन् प्रशिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङ्ग

प्रशिद्ध टेलिभिजन प्रस्तोता ल्यारी किङ्गको शनिबारमा लस एन्जलसमा निधन भएको छ। निधनको कारण बाहिर नआए पनि उनलाई केहि समय पहिला कोरोना पोजिटिभ देखिएको थियो। 

रेडियो र टेलिभिजन मा करिब ६० बर्ष पत्रकारिता गरेर बिताएका किङ्गको सीएनएनमा प्रसारित हुने टेलिभिजन कार्यक्रम "ल्यारी किङ्ग लाइभ" २५ बर्ष लगातार चलेको थियो। 

आफ्ना पाहुनाहरुलाई हाँस्यप्रधान प्रश्न हरु सोधेर कुराकानी गर्ने किङ्गको कार्यक्रममा निमन्त्रणा पाउनु कुनै पनि क्षेत्रका "सेलिब्रेटी" हरुका लागि गर्वको बिषय मानिन्थ्यो। 

ओरा मिडियाका प्रमुख किङ्गलाई सेलिब्रिटी इन्टरव्यू, राजनीतिक बहस र सामयिक चर्चाको लागि सधैँ सम्झना गरिनेछ। 

१९ नोभेम्बर १९३३ को दिन ब्रुकलिन, न्युयोर्कमा जन्मेका किङ्गले आफ्नो करियर फ्लोरिडाको मियामी रेडियोमा एक सफाई कर्मचारीको रुपमा सुरु गरेका थिए। 

समयक्रमले यसै रेडियो का प्रमुखसम्म भएका किङ्गको जीवन संघर्ष अत्यन्तै रोचक छ। किङ्गको निधनमा शोक ब्यक्त गर्दै नबनिर्बाचित राष्ट्रपति जो बाइडेनले किङ्गको निधनले आफू स्तब्ध भएको बताएका छन्। 

आफ्नो राजनैतिक सफलतामा किङ्गको खबरदारीले निकै सहयोग पुगेको बनाउने बाइडेनले सीएनएनलाई भने, "उनी एक निडर पत्रकार थिए"। 

यसको साथै सबै क्षेत्रका सेलिब्रेटी हरुले उनको निधनमा शोक ब्यक्त गरेका छन्। प्रशिद्ध गायिका म्याडोनाले उनलाई आफ्नो मार्ग दर्शक रहेको बताएकी छिन्।
 

प्रकाशित मिति: : 2021-01-24 10:33:00

प्रतिकृया दिनुहोस्