मेस्सी बिना बार्सिलोनाको जित

 बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ। 

सुपर स्टार लिओनल मेसी विना मैदान उत्रिएकाे बार्सिलोनाले आइतबार इल्चेलाई २–० ले पराजित गरेको हाे।

बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे। खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे।

जित पछि बार्सिलोनाको ३७ अंक पुगेको छ। रियल मड्रिडको ४० अंक छ। रियल र बार्सिलोनाले समान १९ खेल खेलेका छन्। १७ खेल खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ४४ अंक छ।

प्रकाशित मिति: : 2021-01-25 07:26:00

प्रतिकृया दिनुहोस्