राप्ती पुल: प्रचण्डले गरे शिलान्यास, ओलीले गरे उद्घाटन ! (भिडियाे)

चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। 

उनी नेपाली सेनाको हेलिकप्टरबाट अहिले केहीबेर अघि दाङको राप्ती गाउँपालिका ७ सिसनिया र गढवा गाउँपालिका २ महदेवा जोड्ने राप्ती नदीको पुलमा अवतरण गरेका हुन्।

गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए।

दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै एएनके लुम्बिनी वाइपी जेभीले करिब एक अर्बको लागतमा निर्माण पुरा भएको थियो ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ ।

प्रकाशित मिति: : 2021-01-25 13:10:00

प्रतिकृया दिनुहोस्