अब पारलैंगिकले अमेरिकी सेनामा सेवा गर्न पाउने

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति जो वाइडेनले सेनामा सेवा गर्नबाट अधिकांश ट्रान्सजेण्डर (पारलैंगिक) अमेरिकीलाई प्रतिबन्ध गर्ने व्यवस्था खारेज गरेका छन्।

अमेरिकनमाथि सेनामा सेवाका लागि डोनाल्ड ट्रम्प प्रशासनले पारलैंगिकलाई प्रतिबन्ध लगाएका थिए। उनले बाराक ओबामाले ट्रान्सजेण्डरको सेना प्रवेशमा गरेको व्यवस्थालाई उल्ट्याएका थिए।

ट्रम्पले सेनामा ट्रान्सजेण्डमाथि प्रतिबन्ध लगाउने गरेको व्यवस्था डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले खारेज गर्ने निर्णय गरेको थियो भने एलजिबिटिआइक्यू अधिकारकर्मीले सो व्यवस्था विभेदकारी रहेको भन्दै आलोचना गर्दै आएका थिए।

सोमबार वाइडेनले पूर्व ओभर अफिसमा बाइडेनले भने, ‘यो व्यवस्था पूर्व कमाण्डहरु तथा मन्त्रीहरुले समर्थन गरेको व्यवस्था हो। मैले त्यसलाई पछ्याएर सबै योग्य अमेरिकीले सेनामा सेवा गर्न पाउने मार्ग प्रसस्त गर्न चाहेको हुँ।’

गएको हप्ता सिनेटमा भएको आफ्नो नियुक्ति सम्बन्धी सुनुवाईको क्रममा रक्षा मन्त्री लोयड अस्टिनले प्रतिबन्धात्मक व्यवस्था खारेज गर्ने पक्षमा आफ्नो मत राखेका थिए।

प्रकाशित मिति: : 2021-01-26 08:45:00

प्रतिकृया दिनुहोस्