तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउँछन्- रामचन्द्र पौडेल

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारी दमनको कडा आलोचना गरेका छन्। 

प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरिएको दमनप्रति विरोध जनाउँदै नेता पौडेलले लोकतान्त्रिक संविधानको रक्षाका लागि आन्दोलनका हरेक मोर्चामा आफु समेत अघिल्लो पंक्तिमा हुने उल्लेख गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ। हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ।’

प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिएको झैं गरी व्यवहार गर्ने गरेको स्मरण गरेका हुन् ।

नेता पाैडेलले आन्दोलनप्रति समर्थन जनाउदै लेखेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो।’ उनले लेखेका छन्,‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै  आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’

प्रकाशित मिति: : 2021-01-26 15:23:00

प्रतिकृया दिनुहोस्