दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे

सेतोपाटी

काठमाडाैं

भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ।डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्।

ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे 'सुन्तली'। 

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता नै सम्पन्न गरिएको थियो।

झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको देखिन्छ। यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रंगशाला तयार भइसक्ने दाबी धुर्मुस-सुन्तलीको छ।

उनीहरूलाई बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको छ।

प्रकाशित मिति: : 2021-01-28 10:59:00

प्रतिकृया दिनुहोस्