प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुपर्छ : उपेन्द्र यादव 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष  उपेन्द्र यादवले प्रधानमन्त्री  केपी शर्मा ओली व्यवस्थाका लागि खतरा रहेको बताएका छन्। 

अवधि पत्रकार संघ बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओलीलाई सत्ताबाट हटाउनुको विकल्प नरहेको बताए।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान प्रदत्त जनताको अधिकार माथि कुठाराघात गरेको उनले बताए।

नेपाली जनताले रगत र ज्यानको बलिदान दिएर ल्याएको संविधानमाथि सनकको भरमा ओलीले हत्या गरेको आरोप लगाउदैँ उनले भने, 'कम्युनिष्ट शासनमा महेन्द्र प्रवृत्ति देखा प¥याे, संसद पुर्नस्थापनाको विकल्प छैन। अब लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्छ। ओलीलाई सत्ताबाट हटाउनुपर्छ।’ 

प्रकाशित मिति: : 2021-01-28 18:11:00

प्रतिकृया दिनुहोस्