भयमाथि कसरी विजय हासिल गर्ने ?

Newsofnepal
Newsofnepal

प्रेम रावत

हामी सबै कतै न कतै ‘डर’ शब्ददेखि डराउँछौँ । केही महिनापहिला हामी भोलि के हुने होला भनेर निकै भयभित हुन्थ्यौँ । जागिरको कुरा हुन्छ, पैसा कमाउनुपर्छ । एउटा घर छ भने अर्को किन्नु छ । बजारमा एउटा नयाँ गाडी आएको छ भने त्यो पनि लिनु छ । विवाह हुन्छ, बच्चाबच्ची हुन्छन् अनि हामी वृद्ध भएपछि त्यो अवस्थामा छोराछोरीले हाम्रो हेरविचार गर्लान् वा नगर्लान् ! त्यो एउटा फरक प्रकृतिको भय थियो ।

फेरि कोभिड–१९ आयो । यो पनि एउटा फरक प्रकृतिको भय हो । एउटा नयाँ प्रकृतिको भय उत्पन्न भएको छ । यो कस्तो प्रकृतिको रोग हो भन्ने कुरा पनि प्रस्ट भएको होइन ! भ्याक्सिन आएका कुरा पनि छन् । यसले कसरी सुरक्षित तुल्याऊला ! थाहा छैन, कति मानिस बच्न सक्लान् ! जागिर गएको छ । कतिपय मानिसले आधा तलबमा काम गर्नुपरिरहेको छ ।

व्यापार पनि ठप्पै भयो । धनीभन्दा धनी मानिसहरू छन् र जो मजदुर, किसान छन्– उनीहरूले निकै अप्ठ्यारालाई सामना गर्नुपरिरहेको छ । यसकारण यो पनि एउटा फरक भयलाई व्यहोरिरहेका छौँ । अब डरको स्वरूप पनि फेरिएको छ । पहिला एउटा फरक तरिकाको भय थियो, अहिले एउटा छुट्टै प्रकृतिको डर बढेको छ ।

आफ्नो जीवनमा, अब यो भयबाट कसरी उन्मुक्ति पाउने ? यसबाट उम्कनका लागि के गर्नुपर्ला ? सबैभन्दा ठूलो कुरा के हो भने, भयबाट होइन, जुन भित्रको शक्ति छ त्यसको सहायताले । आफ्नो स्पष्ट बुझाइका आधारबाट हामीले यो कुरालाई समाधान निकाल्न सक्छौँ । यदि त्यो शक्तिद्वारा जुन वास्तवमा मानिसमा भएको शक्तिका आधारमा हामीले सामना ग¥यौँ भने जित पनि हाम्रै हुनेछ ।

प्रकाशित मिति: : 2021-01-29 06:54:00

प्रतिकृया दिनुहोस्