अपराध चिर्न पोलिग्राफ कति सहयोगी? झुटो बोल्ने कति जनालाई समात्यो यसले?

पहिलोपोष्ट

काठमाडाै‌ं

काठमाडौं : 'कुकुर ल्याएको थिएन ? कुकुरले पनि पत्ता लगाएनछ त? '

पछिल्लो समय देशभित्र भएका हत्याका घटनामा सर्वसाधारणले गर्ने साझा प्रश्न हो यो। उनीहरुले यसरी प्राथमिकतामा नै राखेर प्रहरीको कुकुरलाई अनुसन्धानमा देख्न चाहानुको एउटै कारण हो - प्रहरीको तालिम प्राप्त कुकुरको सफल अनुसन्धान।

देशभित्र भएका केही चर्चामा आएका हत्या प्रकरणमा कुकुरले गरेको संकेतकै आधारमा प्रहरीको अनुसन्धानलाई डोहोर्‍याएको छ। धेरैलाई अपराधीसम्म पुर्‍याउन सफल पनि भएको छ। कुकुरको प्रयोग घटना भएको समय, घटनास्थल सुरक्षित हुनुपर्ने लगायत अन्य कुराले निर्भर गर्छ।

तर, कुकुरपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा सहयोग गर्दै आएको अर्को 'कृत्रिम प्रहरी अफिसर' झै बनेको छ पोलिग्राफ।

नेपाल प्रहरीका अनुसार २०७० माघ २३ गतेबाट नेपालमा पोलिग्राफ परीक्षण गर्न सुरु गरिएको हो। पछिल्लो समय नेपाल प्रहरीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पोलिग्राफ गर्दै आएको छ। प्रहरीको अन्य अनुसन्धानको सर्कमस्ट्यान्सेसले कुनै व्यक्तिलाई अभियुक्त देखाउँछ। तर अभियुक्त भनेर प्रमाणित गर्ने सबुत भने नहुन सक्छ। त्यतिखेर के गर्ने? त्यतिखेरको समयमा प्रहरीले अभियुक्त पहिचान गर्न अपनाउने उपाय हो - पोलिग्राफ।

साधारण भाषामा भन्ने हो भने झुट बोलेको हो वा होइन पत्ता लगाउने मेसिन नै पोलिग्राफ हो।

प्रकाशित मिति: : 2021-01-30 14:03:00

प्रतिकृया दिनुहोस्