कोरोनाको धक्काले फेरेको जीवन : पतिपत्नीको उद्यमले आत्मनिर्भरतातिर

लोकान्तर

काठमाडौँ

जीवन विष्ट

कैलालीको धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाको परिवार छाक टार्न पनि भारतकै भर पर्नु पर्थ्यो । उनका पति १८ वर्षदेखि भारतमै रोजगारी गर्थे ।

भारत जान पनि थापा दम्पतीले भएको ५ कट्ठा जग्गा साहुकहाँ बन्धकीमा राखेका थिए । भारतको मजदुरीले परिवारको छाक टार्नै ठिक्क थियो । 

कोरोना कहरका कारण सामान्य रोजगारी पनि खोसिएपछि बिस्नाका पति रित्तो हात घर फर्के, त्यसपछि झनै दुःखका दिन शुरू भए ।

‘रोजगारीका लागि भारत गएका श्रीमान कोरोना कहरका कारण घर फर्किनुभयो,’ धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाले भनिन्, ‘कमाउन गएका श्रीमान नै घर फर्किएपछि परिवारमा छाक टार्नै समस्या हुन थाल्यो । कोरोना संक्रमण कम हुन थालेपछि फेरि रोजगारीका लागि भारत जाने उहाँको लक्ष्य थियो । तर कोरोना संक्रमण झन् बढ्न थालेपछि उहाँ भारत जान पाउनुभएन ।’

रोजगारीको सिलसिलामा बिस्नाका पतिको आधा उमेर भारतमै बित्यो । अझै पनि उनका पतिको रहर सकुन्जेलसम्म भारतमै रोजगारी गर्ने थियो । तर उनको त्यो सोचलाई कोरोना कहरले बीचमै अवरुद्ध बनायो ।

उनका पति दोधारमै रहेका बेला वडा सदस्यमार्फत बिस्नाले उद्यमशीलताको तालिम हुन लागेको थाहा पाइन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह गरिन् । त्यसमा उनका पति राजी भए । बिस्ना तालिममा सहभागी भइन् ।

प्रकाशित मिति: : 2021-01-30 17:30:00

प्रतिकृया दिनुहोस्