लबरिन कक्सको पुन: प्रेम प्रसंग

रिलिज सिनेमा "डिस्क्लोजर्स" मा गरेको अभिनय को कारण चर्चित नायिका लबरिन कक्स ले आफु हाल प्रेम मा रहेको बताएकी छिन।

इ अनलाइन डट कम का अनुसार उनले यो खुलासा "एलेन डि जेनेरेस शो" मा गरेकी हुन्।प्रेम मा पर्नु जस्तो सुन्दर अनुभूति अर्को नभएको बताउने नायिका कक्स ले भनिन,"हामी बिगत छ महिना देखि प्रेम मा छौ र बिस्तारै सम्बन्ध अगाडी लैजाने विचार गर्दैछौ"।

उनले आफ्नो प्रेमी को हो नबताए पनि कुनै प्रसिद्ध फुटबल खेलाडी रहेको अनुमान गरिएको छ। २९ मे १९७२ को दिन मोबिल, अलाबामा मा जन्मेकी नायिका कक्स ले इन्डियाना युनिभर्सिटी, मेरी माउण्ट म्यान ह्याटन कलेज र अलाबामा स्कुल अफ फाइन आर्ट्स मा अभिनय र निर्देशन को अध्ययन गरेकी छिन।

पाँच फिट ११ इन्च अग्ली नायिका कक्स ले अभिनय गरेका केहि हिट सिनेमा हरुमा क्यान यु किप अ सेक्रेट, ब्याड हेयर, म्युजिकल चियर, द किङ्ग्स अफ ब्रुकलिन, ग्रयाण्ड मा, ग्रयाण्ड स्ट्रिट आदि छन्।

प्रकाशित मिति: : 2021-01-30 21:18:00

प्रतिकृया दिनुहोस्