पहिलो गीत रेकर्ड गर्न चार दिन डोको चढेर काठमाडौँ आएकी थिइन् ज्ञानु राणा

देशसञ्चार

काठमाडाै‌ं

पोखराको बाटुलेचौरमा एउटा सामान्य परिवारकी छोरी। आफ्नो सुरमा खेल्नेबाहेक अरुकुराको भेउ पाउने उमेर भएकै थिएन।

त्यतिबेला राणा शासनको भर्खरै अन्त्य भएको थियो। मुलुकमा प्रजातन्त्र आउनुभन्दा एक वर्षअघि मात्र जन्मिएकी ज्ञानुले पढ्ने र खेल्ने बाहेक बा आमाले अह्राएको काम पनि गरिदिन्थिन्। त्यस्तो बेला स्याबासी मिल्थ्यो।

जनकवि केशरी बाबा धर्मराज थापाले प्रसंशा गरिरहँदा छोरी ज्ञानुले त्यसका अर्थहरु बुझ्दिन थिइन्।
‘केवल राम्रो लाग्थ्यो,’ उनी भन्छिन्। 

लोकगीतका अग्रज संकलक धर्मराज थापा स्वयं पनि गायक एवं संगीतकार थिए। ज्ञानुले संगीतकर्मी बाबु र संगीतप्रेमी आमा साबित्री थापा पाएकी थिइन्। त्यसैले घरमा प्रायः सांगीतिक माहोल देखिन्थ्यो। ठूलो आवाजमा बजिरहने रेडियोले पनि त्यसलाई सघाइरहेकै हुन्थ्यो।

छोरीका नजरले प्रायः बाबालाई देख्दा धर्मराज या त हार्मोनियमको आवाजसँग मिल्ने शब्द खोजिरहेका हुन्थे वा नभए कापीका पानामा गीतका हरफहरु लेखिरहेका भेटिन्थे।

त्यसरी लेखिएका गीतहरुको पहिलो श्रोता पत्नी सावित्री हुन्थिन्। जवाफमा पत्नीबाट प्रशंसा मिल्थ्यो र त्यो प्रसंशाले फुरुङ्ग पर्थे धर्मराज।

त्यतिन्जेलसम्म धर्मराज थापाका ‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’, ‘नेपालीले माया मार्‍यो बरीलै’ र ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ जस्ता गीतहरु चर्चित भइसकेका थिए।

त्योताका रेडियो नेपालमा हिन्दी गीत पनि बज्थे।

प्रकाशित मिति: : 2021-01-31 12:28:00

प्रतिकृया दिनुहोस्