पोर्न फिल्मबाट करिअर सुरु गरेकी सनी लियोनी प्रायस् चर्चामा रहने गरेकी छिन्।
हिन्दी सिनेमामा जमेपछि उनको चर्चा झनै चुलिएको छ। अहिले उनी इन्स्टाग्राममा राखेको स्विम सुटको फोटोका कारण थप चर्चामा छिन्।
उनको यो तस्वीरले ७ लाख लाइक पाइसकेको छ।
१३ जुन १९८१ मा क्यानडाको सर्नाइमा जन्मिएकी सनीको बुवा भारतीय हुन भने आमा क्यानडाकी।
सनीको वास्तविक नाम कारन्जित कौर बोहरा हो।
उनले अभिनय गरेको केही हिट फिल्ममा वान नाइट स्ट्यान्ड, जिस्म टु, रागिनी एमएमएस टु, द भर्जिनिटि हिट, कुछ कुछ लोचा है, टिना एन्ड लोलो, ज्याकपट, भूत आया आदि हुन्।