एन आर एन अमेरिका अध्यक्षमा  उम्मेदवारी दिने  लामिछानेकाे घोषणा

एन आर एन अमेरिकाको आउँदो निर्बाचनमा डल्लास, टेक्सास निबासी कृष्ण लामिछानेले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

विगत २० वर्ष देखि एक ब्यावसायी र सामाजीक स्वयंसेबकका हैसियतले कार्यरत लामिछानेले आफ्नो उम्मेदवारी लाइ एन आर एन अमेरिकालाई साचो रूपमा एक बिशुद्ध सामजिक संस्था बनाउने प्रयास को रुपमा लिन पनि अनुरोध गरेका छन्।

एन आर एन अमेरिका राजनितिक आस्थाका आधारमा बिभाजन हुनु हुंदैन भन्ने मान्यतालाई स्थापित गराउनका लागि आफु प्रयासरत रहने बताउँदै लामिछाने द्वारा जारी बिज्ञप्ति मा भनिएको छ:"एन आर एन अमेरिकालाई पारदर्शि, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा बिकशित गर्ने मेरो लक्ष हो, यो लक्षलाई सफल पार्न तपांईहरूको प्रत्यक्ष सहभगिता बिना संभब छैन"।

प्रकाशित मिति: : 2021-02-02 06:32:00

प्रतिकृया दिनुहोस्